पोखरा ३३ मा उद्घोषणकला तथा भाषणकला तालिम सम्पन्न

पाेखरा | जेठ ३०, २०८०

पोखरा ३३ मा उद्घोषणकला तथा भाषणकला तालिम सम्पन्न

पोखरा ३३ मा चार दिवसीय उद्घोषणकला तथा भाषणकला तालिम सोमबार सम्पन्न भएको छ ।

 

 पोखरा महानगरपालिका वडा नम्बर ३३ वडा कार्यालयको आयोजनामा भएको तालिम पोखरा ३३ को वडा कार्यालय, भरतपोखरी स्वास्थ्य चौकी डाडाँगाउँ र उपल्लो पुडीटारमा गरी तीन ठाउँमा एकसाथ आयोजना गरिएको थियो ।

 

वडामा रहेका महिलाहरुको नेतृत्व तथा व्यक्त्तित्व क्षमता विकास गर्नको लागि गत शुक्रबारबाट आयोजना गरेको तालिममा वडामा रहेका विभिन्न आमा समुहबाट ८० जनाले सहभागिता जनाएको वडा सचिव युवराज पौडेलले जानकारी दिए । जसअनुसार वडा कार्यालयमा २९ जना, पुडीटारमा २३ जना र भरतपोखरी स्वास्थ्य चौकी डाडाँगाउमा २८ जना सहभागी बनेका थिए ।

 

आगामी दिनमा यस्ता तालिमका कार्यक्रमलाई निरन्तरता दिदै महिलाको क्षमता विकासमा वडाले हरपल साथ दिने वडाध्यक्ष रामचन्द्र अधिकारीले बताए । यस अगाडि वडाले महिलालाई लक्षित गरेर ढाका बुन्ने तालिम, कृषि तालिम, साबुन पानी तालिम, कृष्टलका चुरापोते लगायतका तालिम समेत सम्पन्न गरेको उनले बताए । आगामी आर्थिक वर्षको लागि केही नयाँ कार्यक्रम ल्याउने तयारी गरिएको समेत उनले खुलाए । हरेक टोलमा पुगेर अन्तरक्रिया कार्यक्रम आयोजना गरेर समेत यहाँको आवश्यकता के हो भन्ने पहिचान गर्ने गरिएको उनको भनाई थियो ।

 

तालिम कार्यक्रमको आयोजना गर्नुको उद्धेश्यबारे वडा सदस्यहरु विनोद भण्डारी, प्रकाश कार्की, दुर्गा थापा केसी, लिलादेवी नेपालीले सहभागीमाझ प्रकाश पारेका थिए । सबैजनालाई सहज होस् भनेर तीन ठाउँमा कार्यक्रम आयोजना गरिएको उनीहरुले बताए । सिकेका सिपलाई समुहका अन्य सदस्यलाई हस्तान्तरण गर्न सहभागी समक्ष उनीहरुको आग्रह थियो  ।

 

तालिममा सहभागी रमा गौतम, आकृती आचार्य, शान्तिदेवी आचार्य लगायतले यस्ता तालिम कार्यक्रलाई निरन्तर आयोजना गर्न वडासँग अनुरोध गरें । चार दिने तालिमले सबैको अगाडि गएर निर्धक्कका साथ आफ्नो भनाई राख्न तथा विभिन्न शैलीका कार्यक्रम सहज तरिकाले सञ्चालन गर्ने क्षमता थपेको बताए । तालिम मार्फत प्राप्त ज्ञानलाई व्यवहारिक जीवनमा प्रयोग गर्ने उनीहरुको प्रतिवद्धता थियो ।

 

 तालिममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, महासंघका पूर्व केन्द्रिय सदस्य सुष्मा पौडेल, महासंघ कास्की उपाध्यक्ष जमुना शर्मा वर्षा र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका महासचिव राजाराम पौडेलले सहजीकरण गरेका थिए । 

काठमाडौं:  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज अपराह्न वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा हुने भएको छ ।   पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन...

थप पढ्नुहोस्

जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा ध्वनी प्रदुषणमार्फत आतंक मच्चाउने १० वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ ।   कास्की प्रहरीले संचालन गर्दै आएको ‘अप्रेसन–३६५’ अन्तर्गत १० वटा मो...

थप पढ्नुहोस्

पोखरा:    कास्कीको अन्नपूर्ण आधार शिविर (एबिसी बेस क्याम्प) स्थित पिसफूल लज एण्ड रेष्टुरेन्टमा आगलागी भएको छ ।   स्थानीय पर्यटन व्यवसायी मिकास गुरुङका अनुसार मंगलबार करिब साढे ४ बजे ग्यासको...

थप पढ्नुहोस्